भिरबाट लडेर एक शिक्षकको मृत्यु

Views: 1000 71
1 0
Read Time:1 Minute, 4 Second

रुकुमपश्चिम, २४ जेठ । रुकुमपश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्युु भएको छ । त्रिवेणी गाउँपालिका -१० पेउघा घर भई सोही स्थानमा रहेको बालकल्याण माध्यमिक बिद्यालय टोड्केमा कार्यरत शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको छ ।

बिद्यालयका प्रधानाध्यापक खम्बबहादुर केसीका अनुसार बुधबार बिद्यालयको काम सकेर घर जादै गर्दा घर नजिकैको भिरबाट खसेको जानकारी दिनुभएको छ ।

भिरबाट लडेर गम्भीर घाइते हुनुभएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको बेला चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उहाँ भिरबाट लडेर करिब चार सय मिटर तल पुग्नुभएको थियो ।।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *