1
0
Read Time:1 Minute, 2 Second
दाङ,२४ जेठ । दाङको घोराहीमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दीनानाथ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दीनानाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा सोही ठाउँको बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरीले जनाएको छ ।।