1
0
Read Time:46 Second
काठमाडौं, २५ जेठ । ३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता पक्राउ परेका छन् ।
जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
अख्तियारले गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ हजार र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद गरेको छ ।।