युक्रेनी सेनाको आक्रमणबाट २२ जनाको ज्यान गयो

Views: 1000 66
0 0
Read Time:1 Minute, 10 Second

काठमाडौं, २६ जेठ । युक्रेनी सेनाले रुसले कब्जा गरेको खेरसनमा आक्रमण गर्दा २२ जनाको मृत्यु भएको छ । रुसले कब्जा गरेको खेरसन क्षेत्रको सडोभोये गाउँमा एउटा पसलमा दुई पटक भएको बमबारीमा २२ जना नागरिकको मृत्यु भएको गभर्नर भ्लादिमिर साल्दोले बताउनुभएको छ । आक्रमणको समयमा पसलभित्र ग्राहक र पसलका कर्मचारीको भीड लागेको थियो ।

पहिलो हमला फ्रान्सेली हवाई बमबाट भएको र दोस्रो हमला अमेरिकी हिमर्स रकेटबाट भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका र युरोपले दिएका हतियार रुसविरुद्ध आक्रमण गर्न सक्ने अनुमति पाएपछि युक्रेन रुसविरुद्ध आक्रमक भएको छ । रुसले यो निर्णयको कडा शब्दमा विरोध गर्दै अमेरिका र युरोप नजिकैका आफ्ना मित्र देशमा क्षेप्यास्त्र तैनाथ गर्ने चेतावनी दिइसकेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *