दाङको तुलसीपुरमा बसको ठक्करबाट अटोमा रहेका ५ जना घाइते

Views: 1000 105
2 0
Read Time:1 Minute, 29 Second


कृष्ण अधिकारी / तुलसीपुर, २६ जेठ ।
दाङको तुलसीपुरमा बस र अटो ठोक्किदा ५ जना घाइते भएका छन् । घाइते हुनेमा अटो चालक तुलसीपुर–५ निवासी २९ वर्षीय अंकित गुप्ता, सल्यानको कुमाख गाउँपालिका–५ निवासी २६ वर्षीया रिता बोहोरा, उहाँको छोरा ६ वर्षीय केशव बोहोरा, सोही ठाउँकी १८ वर्षीया कमला बुढाथोकी र १६ वर्षीय छबिलाल बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते मध्य छबिलालको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुलसीपुरबाट सल्यानतर्फ जादै गरेको रा १ ख २०३७ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुर–७ स्थित गणेशपार्क जाने बाटोमा आज अपराह्न पौने ४ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटना परी घाइते भएकाहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *