तुलसीपुरको एक नास्ता पसलमा चाउमिन खादा भेटियो मान्छेको नङ

Views: 1000 81
0 0
Read Time:1 Minute, 40 Second

तुलसीपुर, २७ जेठ ।  दाङको तुलसीपुरमा नास्ता खाने क्रममा चाउँमिनमा मान्छेको नङ भेटिएको छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको गेटभित्र रहेको राप्ती नास्ता पसल (चमेना गृह) मा चाउमिन खान जादा प्लेटमा चाउमिन सँगै मान्छेको नङ फेला परेको तुलसीपुर–१७ का बम बहादुर बस्नेतले जानकारी दिनुभयो । प्रादेशिक अस्पतालमा चेकजाँचका लागी गएको अवस्थामा नास्ता खानका लागी सो पसलमा पुग्दा चाउमिनमा नङ भेटिएको उहाँले बताउनुभयो । त्यसपछी साथमा गएका ४ जनाले खादै गरेको चाउमिन छोडेर पैसा पनि नदिएर फिर्ता भएको उहाँको भनाई छ । नास्ता पसल सञ्चालकसँग यो विषयमा गुनासो गरेपनि कुनै जवाफ प्राप्त नभएको उहाँले बताउनुभयो ।
यता पसल सञ्चालक शुसिल वलीले भने यस विषयमा आफु अल्लमल्लमा परेको बताउनुभएको छ । आफु लगाएत स्टाफहरु कसैको पनि त्यस्तो नङ नभएको भन्दै उहाँले चाउँमिन उद्योगबाटै यस्तो त्रुटी भएको हुनसक्ने बताउनुभयो । यसमा राम्रोसँग नहेर्ने आफ्नो पनि कमजोरी रहेको स्विकार गर्दै उहाँले अब यस्ता कमजोरी नदोहोरिने बताउनुभएको छ । आगामी दिनमा यसलाई सुधार गर्दै लैजाने उहाँको भनाई छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *