Read Time:1 Minute, 13 Second
तुलसीपुर, २७ जेठ । दाङको दंगीशरण गाउँपालिका–६ मा निसुल्क महिला प्रजनन स्वास्थ्य शिविर हुने भएको छ । यही जेठ २८ र २९ गते प्राथामिक स्वास्थ्य केन्द्र बागरमा निसुल्क स्वास्थ्य शिविर सञ्चालन हुने स्वास्थ्य केन्द्रका अध्यक्ष तथा दंगीशरण गाउँपालिका–६ का वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार निसुल्क रुपमा पाठेघरको समस्या भएनभएको बारे शिविरमा चेकजाँच गरिने भएको छ । दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा यही जेठ २३ गते वडा नम्बर १ बाट सुरु भएको पाठेघरको स्कृनिङ तथा व्यवस्थापन महिला प्रजनन स्वास्थ्य शिविर २४ र २५ गते हेकुली स्वास्थ्य चौकीमा भएको थियो भने २८ र २९ गते बागर स्वास्थ्य चौकीमा हुन लागेको हो ।।