दाङमा श्रीमानले प्रहार गरेको कराहीले श्रीमतीको मृत्यु

Views: 1000 63
0 0
Read Time:1 Minute, 11 Second

तुलसीपुर, २७ जेठ । दाङको गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–२ पचहिया निवासी बर्ष २६ का रन्जित चौधरीले आफ्नै श्रीमती २१ वर्षकी कमला चौधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएको हो ।
गत जेष्ठ २४ गते राती करिब ९ बजेको समयमा श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएको र क्रिमसन हस्पिटल बुटवलमा उपचारका क्रममा आज बिहान ८ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभएको छ ।

श्रीमान रन्जितलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको छ । कारण नखुलेकाले घटनाबारे थप अनुसन्धान भइरहेको गढवा प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *