दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डा. सन्देश लम्साल सम्मानित

Views: 1000 118
2 0
Read Time:1 Minute, 52 Second

तुलसीपुर, २९ जेठ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर सन्देश लम्साल सम्मानित हुनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १९औं स्थापना दिवसको अवसरमा डाक्टर लम्साललाई सम्मान गरिएको हो । राष्ट्रिय स्वास्थ्यकर्मी महासंंघ नेपालद्वारा सञ्चालित विभिन्न स्वास्थ्य शिविरहरूमा पुर्‍याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्रसहित डाक्टर लम्साललाई सम्मान गरिएको स्वास्थ्यकर्मी महासंंघ दाङले जनाएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, दाङ जिल्ला कमिटीका अध्यक्ष शरदराज गिरीको अध्यक्षता तथा नेकपा एमाले दाङ जिल्ला अध्यक्ष शिव कुमार आचार्यको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । सो अवसरमा घोराहीको तेरौटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित द्रोपत्ता कुमारी लोहनी लक्ष्मी नारायण वृद्धाश्रममा अवस्थित वृद्ध–वृद्धाहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा खाद्यान्न वितरणसमेत गरिएको थियो । आफ्नो कामको मुल्याङ्कन गरी सम्मान गरेकोमा डाक्टर लम्सालले स्वास्थ्यकर्मी महासंघलगाएत सम्पुर्ण टिमलाई धन्यबाद व्यक्त गर्नुभएको छ ।।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *