विदेश पठाइदिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने ४ जना पक्राउ

Views: 1000 63
0 0
Read Time:1 Minute, 46 Second

काठमाण्डौ, २९ जेठ विदेश पठाइदिने भन्दै तीन सय जनाभन्दा बढी व्यक्तिसँग झन्डै १५ करोड रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्कीको माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नवीन विक, कास्कीकै पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त र सोलुखुम्बुका ४६ वर्षीय नारायणकुमार खड्का रहेका कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिनुभएको छ ।

उनीहरूले अमेरिका, कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायतका देशहरूमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विगत तीन/चार वर्षयता तीन सय जनाभन्दा बढी व्यक्तिसँग ५ देखि १० लाखका दरले १५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको एसएसपी भट्टराईले बताउनुभयो । उनीहरूले फेसबुक म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेका थिए ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *