दाङको तुलसीपुरमा तीन दिने नमुना युवा नगर सभाको समापन

Views: 1000 58
0 0
Read Time:2 Minute, 21 Second

तुलसपिुर, २९ जेठ । दाङको तुलसीपुरमा भएको तीन दिने नमुना युवा नगर सभाको आज समापन गरिएको छ । समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा भन्ने नारा सहितको नमुना युवा नगर सभामा नगर सभाको नमुना अभ्यास गराइएको थियो ।


नमुना नगर सभाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले हाम्रो समाज तथा देश मर्यादित र गौरवपूर्ण बनाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । समाजमा देखिएका विकृति, विसंगती, आर्थिक व्यथिति, असमानता विरुद्ध आवाज उठाउने काम युवाहरुको भएको उहाँले बताउनुभयो ।यस्ता व्यथितिका मुद्दाहरु उठाउने र सम्बन्धित ठाउँमा पु¥याउने युवाहरुको दायित्व भएको भन्दै समाजलाई परिवर्तनको बाटोमा अग्रसर गराउनु पर्ने उहाँको भनाइ छ । लाइन्स क्लव क्यापिटल दाङका अध्यक्ष दिपक डाँगीले युवा नै शक्ति भएकाले यसको सही प्रयोग गर्न जान्नु पर्ने बताउनु भयो । युवालाई सही तरिकाले प्रयोग गरेमा हरेक काम गर्न सहज हुने बताउनु भयो ।


यस्तै तालिममा सहभागि सोनिया थापाले विदेश जाने सोचमा रहेको आफू यो कार्यक्रममा सहभागी भएपछि सोच परिवर्तन भएको बताउनु भयो । युवालय संथाका संयोजक शर्मिला थापाको अध्यक्षतामा भएको कार्यक्रमको सकजीकरण नगर स्तरीय युवा संजाल तुल्सिपुर उपमहानगरपालिका अध्यक्ष गणेश भण्डारीले गर्नु भएको थियो । युवाहरुको नेतृत्व विकास र अनगनमी दिनमा लय निर्धारण गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । तुलसीपर उपमहानगरपालिकाका १९ वटा वडाका ३८ जना युवाहरुको सहभागिता रहेको थियो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *