दाङको दंगीशरणमा ६९२ जनाको निसुल्क क्यान्सर परिक्षण, ३६ जनामा क्यान्सरको आसङ्का

Views: 1000 60
0 0
Read Time:3 Minute, 9 Second

तुलसीपुर, २९ जेठ । दाङको दंगीशरणमा ६ सय ९२ जनाको निसुल्क क्यान्सर परिक्षण गरिएको छ । यही जेठ २३ गतेदेखी सुरु भएको पाठेघरको स्कृनिङ तथा व्यवस्थापन महिला प्रजनन स्वास्थ्य शिविरमार्फत ६ सय ९२ जनाको निसुल्क रुपमा क्यान्सर परिक्षण गरिएको दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाकी राधा शर्माले जानकारी दिनुभयो । जसमध्य ३६ जना क्यान्सर संकास्पद विरामी भेटिएको र १५ जना पाठेघर खसेको समस्या भएका बिरामी भेटिएको उहाँले बताउनुभयो । दंगीशरण गाउँपालिका–१ मा रहेको आधारभुत स्वास्थ्य केन्द्र रामपुरमा ९५ जनालाई परिक्षण गर्दा ६ जना क्यान्सर संकास्पद र केही पाठेघर खसेका विरामी फेला परेको उहाँले बताउनुभयो । यस्तै २४ र २५ गते वडा नम्बर ३ मा रहेको हेकुली स्वास्थ्य चौकीमा ३ सय २१ जनाको परिक्षण गर्दा १४ जना क्यान्सर संकास्पद र ६ जना पाठेघर खसेको समस्या भएका विरामी भेटिएका छन् । यसैगरी २८ र २९ गते प्राथामिक स्वास्थ्य केन्द्र बागरमा २ सय ७८ जनाको परिक्षण गरिएको छ । आजसम्म जाँच गरिएका ६ सय ९२ जनामध्य प्रायको पाठेघरको मुखमा घाउ भएको, पाठेघर सुन्निएको, पाठेघरको मुखमा मासु पलाएको, सेतो पानी बग्ने, तल्लो पेट दुख्नेलगाएतका समस्या देखिएको बताइएको छ ।

स्वास्थ्य शाखा सहायक शर्माका अनुसार जाँच गरिएका अधिकांस महिलाहरुमा पाठेघरसम्बन्धि समस्या देखिएको छ । ग्रामिण भेगका महिलाहरुमा लुकेर रहेको क्यान्सर रोग पत्ता लगाएर समकमै उपचारको पहुचमा ल्याउने उदेश्यका साथ स्वास्थ्य शाखाको आयोजनामा महिला प्रजनन सम्बन्धि निसुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । चेकजाँच पछी केही औषधीसमेत विरामीलाई शिविरबाटै उपलब्ध गराइएको छ भने समस्या देखिएका विरामीलाई औषधी खाएर डाक्टरको सम्पर्कमा आउन आग्रह गरिएको छ । घरआगनबाटै निसुल्क रुपमा पाठेघर मुखको क्यान्सरसम्बन्धि जाँच गर्न पाएपछी पालिकाबासी महिलाहरु खुसी भएका छन् । यो गर्मीको समयमा पनि बिहानै देखि डाक्टर तथा स्वास्थ्यकर्मिहरुले खटिएर आफ्नो जिम्मेवारीपुर्ण तरिकाले सेवा प्रदान गरेको बताइएको छ । आजबाट शिविर समापन भएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *