Read Time:1 Minute, 16 Second
कृष्ण अधिकारी / तुलसीपुर, ३० जेठ । दाङको तुलसीपुरमा फेरी एक युवकमाथी धारिलो हतियार चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट तुलसीपुर–४ मजवा ठुलाखालीका २४ वर्षीय गोरखलाल खड्का गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुुसार गयराती साढे १२ बजेको समयमा घर नजिकको चोकमा बसिरहेको अवस्थामा सामान्य बिबादका कारण खड्कामाथी चक्कु प्रहार भएको हो ।
घाइते खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । चक्कु प्रहार घटनामा संलग्न सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वषीृय झक्कु वली र अन्दाजी २०÷२२ बर्षका विकाश पुनसहित घटनास्थलमा रहेका ३ वटा मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।