दाङको तुलसीपुरमा चक्कु प्रहारबाट घाइते भएका खड्काको मृत्यु

Views: 1000 70
0 0
Read Time:1 Minute, 33 Second


तुलसीपुर, ३१ जेठ । दाङको तुलसीपुरमा चक्कु प्रहारबाट घाइते भएका एकजनाको उपचारकै क्रममा मृत्यु भएको छ । मंगलबार राती चक्कु प्रहारबाट घाइते भएका तुलसीपुर–४ का २१ वर्षीय खोरखलाल खड्काको इन्डियाको लखनउमा उपचारकै क्रममा गएराती मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार घर नजिकै बसिरहेको अवस्थामा सामान्य बिबादका कारण मंगलबार राती ३ जनाको समुहले खड्कामाथी चक्कु प्रहार गरेको थियो ।

चक्कु प्रहारबाट गम्भिर घाइते भएका उहाँलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछी नेपालगञ्ज हुदै थप उपचारका लागी भारतको लखनउँ लगिएको थियो । उपचारकै क्रममा उहाँको गयराती सवा ९ बजेको समयमा मृत्यु भएको हो । चक्कु प्रहार गरेको आरोपमा ठाउँका २१ वर्षीय पवन केसी, १८ वषीृय झक्कु वली र अन्दाजी २०÷२२ बर्षका विकाश पुनलाई प्रहरीले पक्राउ गरेको थियो । जसमा दुईजनाको मात्रै घटनामा संलग्नता देखिएकाले उनीहरुमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *