पहिराेले संखुवासभामा तीन घर बगायो

Views: 1000 59
0 0
Read Time:1 Minute, 22 Second

संखुवासभा, ३१ जेठ । संखुवासभामा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोल खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । स्थानिय मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते हुनुभएको छ ।

पहिरोले घर बगाएर उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन । पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । ठाउँ ठाउँमा सडकहरु अवरुण भएका छन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *