दाङको नारायणपुर उद्योग वाणिज्य संघमा सल्लाहकार तथा सदस्य मनोनित

Views: 1000 58
0 0
Read Time:1 Minute, 29 Second

दाङ, ३२ जेठ । दाङको नारायणपुर उद्योग वाणिज्य संघमा सल्लाहकार तथा सदस्यहरू मनोनित गरिएको छ । संघको आज बसेको बैठकले विभिन्न पदमा मनोनित गरी संघको सल्लाहकार तथा सदस्य मनोनित गरेको हो । बैठकले संघमा रिक्त रहेको मनोनित सदस्यमा कल्पना वली र दिनेश महरालाई मनोनित गरेको छ । त्यस्तै संघको सल्लाहकारमा विष्णुप्रसाद दाहाल, भोला बुढाथोकी र मोहनराज आचार्यलाई मनोनित गरिएको छ । संघको कानुनी सल्लाहकारमा निर्मल गौतम र प्रेस संयोजकमा आदिम केसीलाई मनोनित गरिएको महासचिव जागेश्वरप्रसाद डाँगी ( विष्णु ) ले जानकारी दिनुभएको छ ।

संघका अध्यक्ष अनिलकुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकमा निवर्तमान अध्यक्ष अभियान बस्नेत, उद्योग उपाध्यक्ष बसन्त न्यौपाने, वाणिज्य उपाध्यक्ष कुलराज खनाल लगायतले धारणा राखनु भएको थियो । बैठकमा संघले आगामी दिनमा गर्ने कार्य, व्यवसायीहरूका हकहितका लागि तय गर्ने रणनीतिका विषयमा पनि छलफल गरेको महासचिव डाँगीले बताउनुभयो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *