0
0
Read Time:47 Second
काठमाण्डौं,३२ जेठ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाको एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ रहेको थियो । यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।।