काठमाडौं, १ असार । आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजको किङ्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनाएको छ । नेपालका कुशल भुर्तेलले चार र दीपेन्द्रसिँह ऐरीले तीन विकेट लिनुभयो । नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ । समूह ‘डी’ मा दक्षिण अफ्रिका ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
दक्षिण अफ्रिका सुपर–आठमा पुगिसकेको छ । नेपाल २ खेलमा १ अङ्कसहित चौथो स्थानमा छ । ‘सुपर–८’ मा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले ८ बल बाँकी छँदा ४ विकेट गुमाएर भेटाएको थियो ।।