0
0
Read Time:55 Second
तुलसीपुर, १ असार । दाङको तुलसीपुरमा आफैले बनाएको पानी ट्याङ्कीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ गोलौरा निवासी ७० वर्षीया शान्ता कुमारी देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार हिजो बिहान साढे १० बजेको समयमा आफ्नै पानी ट्याङ्कीमा डुबेर उहाँको मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उहाँ आफै ट्याङ्कीमा हाम फल्नुभएको हो अथवा झुक्किएर खस्नुभएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।