मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु – तीन जना घाइते

Views: 1000 56
0 0
Read Time:1 Minute, 48 Second

सिरहा, १ असार । सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाकुले जानकारी दिनुभएको छ ।

आफैले चलाएको स ६ प ४७५३ नम्बरको मोटरसाइकल अत्यधिक गतिका कारण दुर्घटना हुँदा नरहा गाउँपालिका १ देवीपुरका करिब २५ वर्षीय सीताराम दासको उपचारको क्रममा मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ नयाँ चोहर्वादेखि पश्चिम अत्यधिक गतिमा चार जना सवार मोटरसाइकल अनियन्त्रित भई  दुर्घटनामा परेको डीएसपी पञ्चकुमार बाकुलेले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार दुर्घटना लगतै प्रहरीको सहयोगमा दुई जना घाइतेहरूलाई गोलबजारस्थित लाईफलङ्ग अस्पताल र दुई जनालाई भूमिजा अस्पताल पुर्‍याएका थिए । मृतक दासको टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । लाईफलङ्ग अस्पतालमा उपचाररतमध्ये दासको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । 

अर्का गम्भीर घाइते मिर्चैया नपा २ का बाबुलाल मण्डललाई थप उपचारको लागि विराटनगर पठाइएको छ । अन्य दुई जनाको भूमिजामा उपचार भइरहेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *