0
0
Read Time:50 Second
पाल्पा, ३ असार । पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवीछहरा गाउँपालिका–३ डाडागाउँस्थित जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक ५६ वर्षीय बिमलप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
हिजो बेलुका घरमै बसिरहेको बेला चट्याङ लागेर घाइते भएका उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पुर्याइएको थियो । त्यसलगत्तै डाक्टरले उहाँलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।।