दाङमा ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते

Views: 1000 70
0 0
Read Time:1 Minute, 24 Second

दाङ, ३ असार । दाङको शान्तिनगर गाउँपालिका १ नयाँ बस्तीस्थित गुन्डले खोलामा ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका २ बस्ने ३९ बर्षका भिमबहादुर बुढाथोकी र सोही ठाउँ बस्ने ५२ बर्षका लाटो राणा, २३ बर्षका उमेश भण्डारी र ५१ बर्षका धनबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खिलतपुरबाट ढुङ्गा लिएर अमुवातर्फ जादै गरेको रा १ त २३१७ नम्बरको ट्याक्टर आफै अनियंत्रित भएर पल्टिएको हो । ट्याक्टरमा चालक सहित ६ जना सवार रहेका थिय । १ जनालाई केही नभएको र ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका ३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने धनबहादुर भण्डारीलाई नरसिङ होम नेपालगंज रिफर गरिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *