दाङको तुलसीपुरमा घरभित्रै एक महिला मृत फेला

Views: 1000 62
0 0
Read Time:1 Minute, 13 Second

तुलसीपुर, ५ असार ।  दाङको तुलसीपुरमा घरभित्रै एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर–७ ग्वारखोला निवासी ५८ वर्षीया ठगि खनाल आफ्नै घरमा आज बिहान मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान ७ बजेसम्म पनि ढोका नखुलेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । त्यसपश्चात तत्काल प्रहरी पुगेर ढोका खोलेर हेर्दा खनाल कोठा भित्र मृत अवस्थामा भेटिएको उहाँले बताउनुभयो । स्थानियसँग सोधपुछ गर्दा उहाँलाई पहिले देखी जन्डिसको समस्या रहेको पाइएको छ । उहाँका श्रीमान नभएको र छोराहरुसँग पनि छुट्टिएर एक्लै बस्दै आएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *