दाङको तुलसीपुरमा अटो र पिकअप ठोक्किदा २ जना घाइते

Views: 1000 60
0 0
Read Time:1 Minute, 27 Second

तुलसीपुर, ५ असार ।  दाङको तुलसीपुरमा पिकअप र अटो ठोक्किदा २ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–४ केराबारी निवासी २० वर्षीया कमला वली र ६५ वर्षीय तारा सेन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्र्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर–४ तरुलेदेखी तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ७२३७ नम्बरको अटो र विपरित दिशाबाट जादै गरेको भे १ च ४५९२ नम्बरको पिकअप तुलसीपुर–७ श्रीगै नजिकै आज दिउँसो साढे १ बजेको समयमा आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्र्रहरीले जनाएको छ । पिकअप चालक सल्यानको कपुरकोट–५ का २४ वर्षीय सुरेश बस्नेतसहित दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको र अटो चालक तुलसीपुर–४ का ४० वर्षीय तेजेन्द्र डाँगी घाइतको उपचारमा संलग्न रहेको प्र्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *