दाङको तुलसीपुरमा ३ जना चडेको मोटरसाइकल ट्रकसँग ठोक्किदा ३ जना घाइते

Views: 1000 60
0 0
Read Time:1 Minute, 40 Second

तुलसीपुर, ६ असार ।  दाङको तुलसीपुरमा ३ जना चडेको मोटरसाइकल ट्रकसँग ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलुसीपुर–१६ का २३ वर्षीय शरद वली, पछाडी सवार तुलसीपुर–१७ झिनुवाका २२ वर्षीय दिनेश गिरी र तुलसीपुर–२ खैरीपुरका २४ वर्षीय शाजन गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा सोही दिशातर्फ जादै गरेको रा ४ प ५३६४ नम्बरको मोटरसाइकलले तुलसीपुर–१७ झिगैं चोक नजिकै आज दिउँसो सँवा ३ बजेको समयमा पछाडीबाट ठोक्किदा मोटरसाइकलमा सवार रहेका उनीहरु घाइते भएका हुन् । घाइते मध्य मोटरसाइकल चालकको नविन मेडिकल बेल्झुण्डीमा उपचार भइरहेको छ भने अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बस चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ का ३६ वर्षीय रामशरण पौडेललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *