दाङको दंगीशरणका वडाअध्यक्षहरु ५ महिनापछी पालिकाका कार्यक्रममा सहभागी भए

Views: 1000 64
0 0
Read Time:2 Minute, 42 Second


तुलसीपुर, ८ असार । दाङको दंगीशरणका वडाअध्यक्षहरु ५ महिनापछी पालिकाका कार्यक्रममा सहभागी भएका छन् । पालिकाले आफुहरुलाई बेवास्ता गरेको भन्दै गत फागुनदेखी पालिकाका सबै कार्यक्रम बहिष्कार गर्दै आएका उनीहरु निति कार्यक्रम सार्वजनिक गर्ने क्रममा पालिकामा उपस्थित भएका हुन् । पालिकाले विपक्षी दलबाट निर्वाचित वडाअध्यक्षलाई वाइपास गरेको आरोप लगाउदै पालिकाका कुनैपनि कार्यक्रममा सहभागिता नजनाउने घोषणा गरेका एमालेबाट निर्वाचित वडाअध्यक्षहरु हिजो शुक्रबार भएको निति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । एमालेबाट निर्वाचित वडा नम्बर २ का वडाअध्यक्ष डम्बर खत्री, वडा नम्बर ४ का वडाअध्यक्ष कमल थारु, वडा नम्बर ५ का वडाअध्यक्ष निरज बस्नेत र वडा नम्बर ७ का वडाअध्यक्ष रेशम वली एकसाथ पालिकामा उपस्थित भएका हुन् ।

यही असार १ गते मात्रै ‘‘दंगीशरणमा वडाअध्यक्षहरुद्धारा पालिकाका सबै कार्यक्रम बहिष्कार’’ भन्ने शिर्षकमा तुलसीपुर खबर डटकमबाट समाचार प्रकाशित भएको थियो । त्यसपछी पालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा खड्काले फोन गरेर सहमतीमा आउन आग्रह गरेपछी ६ गते बिहिबार पालिकामा पुगेर छलफल गरिएको वडा नम्बर ७ का वडाअध्यक्ष रेशम वलीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही छलफलबाट आगामी दिनमा हरेक काम गर्दा सबै पक्ष मिलेर एकआपसमा सरसरल्लाह गरी अगाडी बढ्ने सहमती भएको हो । नेकपा एमाले दंगीशरण गाउँपालिका कमिटिका अध्यक्षसमेत रहेका वलीले अन्य शिर्ष नेताहरुबाटसमेत मिलेर जान दबाब आएपछी पालिकासँग छलफल गरी आफुहरु कार्यक्रममा सहभागि भएको बताउनुभयो । बिहिबार मात्रै पालिकासँग वडाअध्यक्षहरुको छलफल भएको थियो । छलफलबाट सबै समन्वयात्मक तरिकाले अगाडी बढ्नेगरी सहमती भएसँगै अबदेखी पालिका र वडाअध्यक्षबिचको बिबाद पनि समाधान भएको वडाअध्यक्षहरुले बताएका छन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *