Read Time:1 Minute, 0 Second
महेन्द्रनगर कञ्चनपुर, ८ असार । पूर्व-पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर- सुडा सडकखण्डमा शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो । सुप प्र ०२००३ प ६९७० नम्बरको मोटरसाइकल दैजीतर्फ गइरहेको से १ त २२६८ नम्बरको ट्याक्टरमा ठोक्किंदा चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश वि.कले बताउनु भयो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार मनोज चौधरी घाइते भएका छन् । उनको कैलालीको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले ट्र्याक्टर चालक रामु रानालाई नियन्त्रणमा लिएको छ ।।