0
0
Read Time:35 Second
बर्दिया, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरमा आफ्नै खेतमा जोतिरहेको समयमा चट्याङ लाग्दा रोहित थारुको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहानमृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।।