0
0
Read Time:57 Second
झापा, ११ असार । झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।आज बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खनजोत गर्न खेततर्फ जाने क्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए । उनको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । गिरीलाई भने स्थानीय सीताराम दाहालका खेतमा धानको बीउ छर्न गएका बेला चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।।