दाङको तुलसीपुरका निजि अस्पतालको चर्तिकला – सेवाको नाममा सास्ती

Views: 1000 60
0 0
Read Time:2 Minute, 17 Second

तुलसीपुर, ११ असार । दाङको तुलसीपुर बजारमा रहेका केही निजी अस्पतालले सेवा दिने नाममा सेवाग्राहीलाई दुःख दिने गरेको सेवाग्राहीले गुणासो गरेका छन् । छोटो समयमा चर्चा कमाउन सफल तुलसीपुरको नागरिक केयर अस्पतालमा नाम दर्ता गराएको २ घण्टापछि डाक्टर नआएपछि नाम दर्ता गराउँदा लागेको पैसा फिर्ता मागेर सेवागा्रही फर्किएका छन् ।

छिटोछरितो र सहज तरिकाले सेवा पाउनका लागि निजि अस्पतालमा आएको ती सेवागा्रहीले निजि अस्पतालले पनि दुःख दिएको एक सेवाग्राहीले बताउनु भयो । ‘सरकारी अस्पतालमा गएपछि धेरै विरामीहरु हुन्छन् पालो पर्खिदा पर्खिदा धेरै समय लाग्छ’ उहाँले भन्नुभयो– ‘त्यसैले छिटो होला भनेर महंगो पैसा तिरेर भएपनि निजी अस्पतालमै चेकजाँच गराउँछु भनेर आएँ, तर यहाँ पनि उस्तै सास्ती पाइयो ।’ यदि २ घण्टासम्म डाक्टर आउनुहुन्न भन्ने जानकारी गराइदिएको भए राम्रो हुने उहाँले बताउनु भयो । तर रिसेभ्द्शनमा गएर पटकपटक सोध्दा केही बेरमा डाक्टर आउनुहन्छ भन्ने प्रतिक्रियाले धेरै बेर पर्खेर वसेको उहाँको भनाइ छ । अति नै भएपछि आफूले दिएको पैसा जबरजस्ती फिर्ता मागेर फर्किएको ती सेवागा्रहीले बताउनु भयो ।
अधिंकाश सेवाग्राही सरकारी अस्पतालमा पालो पर्खिनुको झन्झट र सबै आ आफ्नो काममा व्यस्त हुने भएकाले व्यस्त समयलाई स्वास्थ्यको लागि छुट्याएर अस्पताल पुगेका हुन्छन् । अस्पताल बाहिरको बोर्डमा २४ सै घण्टा सेवा उपलव्ध छ, भनेर ठूलाठूला अक्षरमा लेखिएको हुन्छ तर व्यवहारिक रुपमा कार्यान्वयन नगरेको सेवागा्रहीहरुले बताउँछन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *