Read Time:1 Minute, 8 Second
तुलसीपुर, ११ असार । दाङको तुलसीपुरमा अबैध लागुऔषध अफिमसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–३ का ४० वर्षीय टेक बहादुर बोहरा, आठविसकोट–२ का ४५ वर्षीय मन कुमारी बोहरा र मुसिकोट नगरपालिका–६ का ३० वर्षीय मोहन पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जाकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुर ८ शुभबिहानी टोलस्थित कोठा भाडामा बस्ने लक्ष्मि बोहराको कोठामा १३ किलो अफिम लुकाएर रोखेको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टालीले सो परिमाणको अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।