बिहेको बाहाना बनाई चीनमा लगेर बेच्ने एक महिला पक्राउ

Views: 1000 52
0 0
Read Time:1 Minute, 43 Second

काठमाण्डौ, १३ असार ।  बिहेको बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । उनले आफूले पनि चिनियाँ नागरिकसँग विवाह गरेको भन्दै फेसबुक मेसेन्जरमार्फत एक महिलासँग कुराकानी गरेको थिइन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आउँदा राम्रो सेवा सुविधा पाउने प्रलोभनमा पारेर उनले ती महिलालाई ठमेलमा चिनियाँ नागरिकसँग भेट गराइदिएको प्रहरीले जनाएको छ ।

ती महिलालाई गएको फागुनमा भिजिट भिसामा चीन पुर्‍याएको र चिनियाँ नागरिकको घरमा बन्धक बनाई श्रम तथा यौन शोषण गरेको पाइएको ब्युरोले जनाएको छ । महिलालाई बन्धक बनाएर राखेको खुलेपछि चीनमा रहेको नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्धार गरी नेपाल फर्काइएको ब्युरोले जनाएको छ । नेपाल फर्किएर पीडितले जाहेरी दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो । घटनामा संलग्न चिनियाँ नागरिक र अरू व्यक्तिको खोजी भइरहेको ब्युरोले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *