१५ सय ४८ किलो गाँजा बरामद

Views: 1000 49
0 0
Read Time:1 Minute, 23 Second

विराटनगर, १३ असार । मोरङ प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट १ हजार ५४८ किलो गाँजा बरामद गरेको छ ।
धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको गोठबाट १ हजार ५ सय ४८ किलो गाँजा बरामद गरेको हो । प्रहरीले गोठधनी सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।

गाँजा बरामद भएको स्थान नेपाल भारत सीमा नजिकै रहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभएको छ । कार्कीकै नेतृत्वमा गएको टोलीले बिहीबार अपराह्न गाँजा बरामद गरेको हो ।

गोठमा लुकाएर राखेको अवस्थामा ४९ वटा बोराभित्र प्याक गरेर राखेको गाँजा फेला परेको उहाँले बताउनु भयो । प्रहरीका अनुसार बरामद भएको गाँजा धनकुटाबाट पटकपटक गरी तस्करको समूहले ल्याएको थियो । उक्त गाँजा भारततर्फ निकासी गर्नका लागि सीमा क्षेत्र नजिकै राखेको प्रहरीको भनाइ छ । बरामद गाँजाको मूल्य २ करोड ३२ लाख हाराहारी रहेको प्रहरीले बताएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *