सल्यानको कपुरकोटमा ग्रिन वेल्ट जोन क्षेत्रमा बृक्षारोपन

Views: 1000 52
0 0
Read Time:3 Minute, 36 Second

सल्यान, १४ असार।  सल्यानको कपुरकोट गाउँपालिकामा भावी सन्तती, सम्बृद्धिका लागि बृक्षारोपन गरौं भन्ने नारा सहित राष्ट्रिय बृक्षारोपण दिवस मनाइएको छ । डिभिजन बन कार्यालय र बनस्पती अनुसन्धान केन्द्र सल्यानको आयोजनामा गाउँपालिकाले ग्रिन वेल्ट जोन घोषणा गरेको क्षेत्रमा बिरुवा रोपेर राष्ट्रिय बृक्षारोपन दिवस मनाइएको हो । बृक्षारोपण दिबसका अवसरमा बिरुवा रोप्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले १५ औं गाउँसभाको निति तथा कार्यक्रममा ग्रिन वेल्ट जोन कार्यक्रमको अबधारणालाई बिशेष प्राथामिकताका साथ समेटेको बताउनुभयो । राप्ती लोकमार्ग अन्तर्गत दक्षिण कालिका मन्दिर सामुन्यमा रहेको ट्राफिक प्रहरी पोष्ट देखि मुलपानी बनस्पती उद्यान बिचको करिब ४ किलोमिटर सडक क्षेत्रलाई ग्रिन वेल्ट जोन क्षेत्र बनाइएको पुनको भनाई छ । उँहाले ग्रिन वेल्ट जोनको अबधारणाले सडकको छेउको हरियालीमय आकर्षक दृश्य अवोलकन गर्नकै लागि भए पनि गाडीको गति कम हुने र जसले गर्दा दुर्घटना न्यूनिकरण गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा बनस्पती अनुसन्धान केन्द्र मुलपानीका प्रमुख डा. मित्र पाठकले गाउँपालिकाले ग्रिन वेल्ट जोन क्षेत्र घोषणा गरेको क्षेत्रमा बिरुवा रोप्न चाहानेहरुका लागि आफुहरुले बिभिन्न प्रजातीका बिरुवा निःशुल्क उपलब्ध गराउने बताउनु भयो । बृक्षारोपणले बाताबरणलाई सन्तुलित गर्नुको साथै आयआर्जनको प्रमुख श्रोतका रुपमा पनि सदुपयोग गर्न सकिने बताउनुभयो । यस्तै सब डिभिजन बन कार्यालय कपुरकोटका बन अधिकृत अञ्जना शर्माले कपुरकोट गाउँपालिकाले थालनी गरेको ग्रिन वेल्ट जोनको अबधारणालाई सहयोग पुय्राउने उदेश्यले कपुरकोटमा बृक्षारोपन गरेर राष्ट्रिय बृक्षारोपन दिवस मनाइएको बताउनुभयो । रापिएको बिरुवाको संरक्षणका लागि प्लान गार्डको समेत ब्यबस्था शर्माको भनाई छ । गाउँपालिकाले सुरु गरेको ग्रिन वेल्ट जोनको अबधारणा अनुसार कुनै पनि कार्यालय, संघ संस्था वा ब्यक्तिले आफ्नो बिशेष दिन तथा दुर्घटनामा परी ज्यान गुमाएका आफन्तीको सम्झनामा परिचय झल्कने बोर्ड सहितको प्लान गार्ड राख्न सकिने ब्यबस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । भने सचेतनामुलक स्तम्भ,होर्डिङ बोर्ड आकर्षक फलामको सिक्रि लगायतका सामाग्री समेत राखिने छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *