तुलसीपुर ,१५ असार । दाङको शान्तिनगरमा नेपाली सेनाको जुनियर डिभिजन एनसिसि तालिमको प्रथम प्रवचन कार्यक्रम सम्पन्न भएको छ । शान्तिनगर ७ खैरेनीमा रहेको मिड प्वाइन्वट एकाडेमीमा रण सिंह दल गण भरतपुर दाङको कार्यक्रम भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवोध कुमार डाँगीको अध्यक्षता तथा रण सिंह दल गण भरतपुर दाङका सेनानी थमन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एकाडेमीका प्रिन्सिपल विर बहादुर घर्ती,आगामी दिन हरु मा उज्ययोल भबिश्य को कामन दिनुभएको छ। सहभागी विद्यार्थीहरु एलिजा गौतम, समिस चौधरी लगायतले आआफ्नो धारण राखेका थिए । तालिमको प्रशिक्षकमा सुरेन्द्र शाही, दिपक सिंह दोवाल र महिला प्रशिक्षकमा लक्ष्मी श्रेष्ठ रहनु हुनेछ । तालिमका लागि १८ जना छात्रा र १८ जनै छात्र गरी ३६ जना छनोट भएका छन् । तालिमको अवधि आजदेखि आगामी मंसिरसम्म रहने छ । निशुल्क रुपमा तालिम लिइ विद्यार्थीहरुलाई भविष्यमा नेपाल आर्मी, नेपाल प्रहरी, विदेश भ्रमण, विभिन्न कार्यक्रममा सहभागीताका लागि सहज हुनेछ ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक पूर्ण बोहोराले गर्नु भएको थियो । यसैविच विद्यालयले गत चैतमा लिइएको एसइइमा सहभागी भएर कक्षा १० उतीर्ण गरेका ४९ जना विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरिएको थियो
दाङको शान्तिनगरमा एनसिसि तालिमको प्रवचन कार्यक्रम सम्पन्न
Views: 1000 45
Read Time:2 Minute, 2 Second