दाङको तुलसीपुरमा टिप्परसँग मोटरसाइकल ठोक्किदा १ जना गम्भिर घाइते

Views: 1000 58
1 0
Read Time:1 Minute, 20 Second

तुलसीपुर, १५ असार ।  दाङको तुलसीपुरमा टिप्परसँग मोटरसाइकल ठोक्किदा १ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा घोराही–१० बासबजेरीका २० वर्षीय आशिष खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा १ ख १५३० नम्बरको टिप्पर तुलसीपुर–१८ दुधरास पेट्रोल पम्पमा तेल हाल्न जाने क्रममा सोही दिशातर्फ जादै गरेको रा ८ प २९५८ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किन जादा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका खड्काको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । दुबै सवारीसाधन नियन्त्रणमा लिएको र टिप्पर चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *