0
0
Read Time:45 Second
तुलसीपुर, १९ असार । दाङको तुलसीपुरमा नदि तर्ने क्रममा बगेर एक किशोरी वेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालयबाट १० जनाको प्रहरी टोली परिचालन गरी वेपत्ता उहाँको खोजी कार्य भइरहेको छ ।।