दाङमा सालको ७ थान चिरान काठ बरामद

Views: 1000 48
0 0
Read Time:1 Minute, 7 Second

भालुवाङ, २० असार । दाङको देउखुरीमा प्रहरीले साल जातको ७ थान चिरान काठ बरामद गरेको छ । मंगलवार राती ११ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक वनको देवीकोट जाने बाटोको छेउबाट सो चिरान काठ प्रहरीले बरामद गरेको हो । काठ लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरिक्षक अमरबहादुर माझीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त बनमा बेवारीसे अवस्थामा रहेको सालको चिरान काठ बरामद गरेको हो । बरामद गरिएको काठका विषयमा आवश्यक कारवाहीको लागी राप्ती सब डिभिजन वन कार्यालय मसुरिया पठाइएको प्रहरी निरिक्षक अमरबहादुर माझीले जानकारी दिनु भएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *