तुलसीपुर २१ असार । सल्यानका युवा आविष्कारक विजय रानाको नेतृत्वमा आएको टोलीले पूर्व मेयर घनश्याम पाण्डेलाई भेटघाट गरेको छ । तुलसीपुर स्थित नेकपा एमालेको पार्टी कार्यालयमा पुगरे उक्त टोलीले भेटघाट गरेको हो । भेटघाटका क्रममा युवा आविष्कारक रानाले पानीजहाज जस्तै चल्ने मोटर बोट, मिसायल, रोबर्ट, ड्रोन, रकेट, जहाज, इलेक्ट्रीक गाडी, बाँदर धपाउने मेसिन, धान काट्ने यन्त्र, जनावर धपाउने इलेक्टिकल सेन्सर लगायतका उपकरणको सफल परिक्षण गरिसकेको पूर्व मेयर पाण्डेलाई जानकारी गराउनु भएको थियो ।
‘मेरो सिप र क्षेमतालाई स्थानीय, प्रदेश र संघिय सकारले चिन्न सकेन । जसकारण जिल्लामै बसेर नयाँ चिजको खोजी र अनुसन्धान गर्ने बेला आर्थिक संकलनका लागि दाङमा आएका छौ । विज्ञान र प्रविधिको क्षेत्रमा आमूल परिवर्तन ल्याउनका लागि युवा वैज्ञानिकहरुलाई काम गर्ने वातावरण सृजना गरिदिनुप¥यो ।’ युवा आविष्कारक रानाले भन्नुभयो ।
सो अवसरमा पुर्व मेयर तथा नेकपा एमालेका केन्द्रिय सदस्य पाण्डेले सानो उमेरमा विज्ञान र प्रविधिको क्षेत्रमा भएको गहिरो ज्ञान र खोज अनुसन्धानले आफु प्रभावित भएको बताउँदे संस्थागत रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।।