दाङमा बाढीले ट्याक्टर फस्दा एकजनाको मृत्यु, दुईको उद्धार

Views: 1000 52
0 0
Read Time:1 Minute, 2 Second

दाङ, २२ असार ।  दाङको राजपुर गाउँपालिकामा गंगदी खोलाको बाढीमा ट्याक्टर फँस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–५ निवासी ५२ वर्षीय छेदिराम चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टरमा चालकसहित तीन जना सवार रहेकोमा खोला तर्ने क्रममा खाडलमा ट्याक्टर फँसेपछि सवार छेदिराम चौधरीको खुट्टा फसेर मृत्यु भएको हो ।

रा १ त २१६६ नम्बरको ट्याक्टर खोला पार गर्ने क्रममा फसेको र ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय, गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *