रुसले युक्रेनमा गरेको आक्रमणमा ४१ जनाको मृत्यु

Views: 1000 58
0 0
Read Time:1 Minute, 41 Second

काठमाडौं, २५ असार । रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा ४१ जनाको ज्यान गएको छ । झण्डै दुई सय जना घाइते भएका छन् । रुसले हिजो युक्रेनको राजधानी कीभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा हिजो दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । हिजोको आक्रमणमा ४१ जनाको ज्यान गएको र १ सय ८४ जना घाइते भएका छन् ।
मारिनेमा तीन जना बालबालिका रहेका छन् । कीभको ओखमाटित बाल अस्पतालमा भएको आक्रमणले ठूलो चिन्ता सृजना गरेको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेनेस्कीले बताउनुभएको छ । रुसले युक्रेनका सबैजसो ठूला उर्जा केन्द्रमा आक्रमण गरेर जनजीवन कष्टकर बनाएको अवस्थामा अस्पताल लक्षित आक्रमणले थप चिन्ता थपेको उहाँले बताउनुभएको छ ।

हिजो आक्रमणमा परेको बाल अस्पताल युरोपको सबैभन्दा महत्त्वपूर्ण अस्पतालमध्येकै एक थियो । यसले हजारौँ बालबालिकाको जीवन रक्षा र पुनर्स्थापना गर्दै आएको छ । हिजो रुसले युक्रेनका विभिन्न सहरमा ४० वटा भन्दा धेरै मिसाइल प्रहार गरेको थियो ।

पछिल्लो समय अमेरिका र युरोपले युक्रेनलाई अत्याधुनिक हतियार सहयोग गरेपनि रुसी सेनाको आक्रमण रोक्न हम्मेहम्मे परिरहेको छ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *