बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

Views: 1000 56
0 0
Read Time:1 Minute, 7 Second

काठमाडौं, २६ असार ।  भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दूध बोकेको ट्याङ्करसँग ठोक्किएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा १४ जना पुरुष, ३ जना महिला र एक जना बालक रहेका छन् ।

यस्तै दुर्घटनामा १९ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ सहयोग र घाइतेहरूलाई प्रतिव्यक्ति ५० हजार दिइने घोषणा गर्नुभएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *