पहिरोले पुरिएर एकै परिवारका ७ जनाको मृत्यु

Views: 1000 53
0 0
Read Time:1 Minute, 48 Second

पोखरा, २८ असार ।  अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो । स्थानीय ४७ वर्षीय कुलबहादुर परियार, उहाँकी श्रीमती ४३ वर्षीय मनकुमारी, आमा ८५ वर्षीय लक्षिमा, छोरी १५ वर्षीय प्रश्ना, २० वर्षीय प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्ने राधिका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा कुलबहादुरका छोरा १७ वर्षका पवन परियार र राधिकाका छोरा ३१ वर्षका कुमार परियार घाइते भएका छन् ।

दुवैको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकोमा डिस्चार्ज भएका छन् । यसैगरी पोखरा–३२ चैनपुरमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । स्थानीय आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीय अनिता ओझा र ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो । ११ वर्षीय अनुस्का ओझा बेपत्ता छिन् । यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *