जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

Views: 1000 52
0 0
Read Time:1 Minute, 7 Second

काठमाण्डौ, २८ असार ।  रौतहटमा जन्ती बोकेको जीप नहरमा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ घर भएका ५५ वर्षका कुलबहादुर श्रेष्ठ, सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका रविन्द्र पण्डितकी छोरी ७ वर्षीया श्वेता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार रौतहटको गढीमाई नगरपालिका–६ सिङगारमनको भित्रि सडक–खण्ड अन्र्तगत धर्मपुर नहरमा धनहरीबाट सर्लाहीतर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बरको जीप नहरमा पल्टिएको हो । घाइते भएका सुन्दरपुरकै २५ वर्षका अमलेश ठाकुरको गौरमा उपचार भइरहेको छ । जीपमा १२ जना रहेकामा अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *