दाङको तुलसीपुरमा जंगली च्याउ खाएर फेरि एक महिला गम्भीर बिरामी

Views: 1000 54
0 0
Read Time:1 Minute, 15 Second


तुलसीपुर, २९ असार । दाङको तुलसीपुरमा जंगली च्याउ खाएर फेरि एक महिला गम्भीर विरामी भएको प्रहरीले जनाएको छ । बिरामी हुनेमा तुलसीपुर-१ भम्के निवासी ७६ वर्षिया प्रेम कुमारी बस्नेत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार आज साझ ७ बजेको समयमा जंगलबाट ल्याएको च्याउ उहाँसहित छोरा ३१ वर्षिय लाल बहादुर बस्नेतले पनि खानुभएको थियो । तर, छोरालाई केही नभएको र आमा भने बिरामी भएकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको प्रहरीले जनाएको छ । पछिल्लो केही दिन यता दाङमा जंगली च्याउ खाएर बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *