0
0
Read Time:56 Second
दाङ, १५ चैत । पश्चिम दाङको मलईमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका ७ मलई निवासी १८ बर्षीय करिष्मा घर्ती रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख, प्रहरी निरीक्षक अजय जंग थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार बुधबार (हिजो) बिहान ९ बजेको समयमा घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर स्यानीखोलामा खसेर उहाँको घट्नास्थलमै मृत्यु भएको हो । घर्तीको शव राप्ति प्रदादेशीक अस्पताल तुलसीपुरमा पोष्टमार्टम पछी परिवारको जिम्मा लगाइएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।।