डीएसपी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ

Views: 1000 53
0 0
Read Time:1 Minute, 24 Second

तुलसीपुर, २ श्रावन ।  नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–५ का ३० वर्षीय नैनशिंह बिक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनले विगत ३ महिनादेखी बाँके जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा गएर आफु नेपाल प्रहरीको सिआइबी र राष्ट्रिय अनुसन्धानको डीएसपी नविन शाही हुँ भनेर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उनले विभिन्न कार्यालयका प्रमुख, अन्य कर्मचारी र सर्वसाधारणलाईसमेत भेटेर कुराकानी गरी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले हिजो मंगलबार कोहरपुर नगरपालिका–११ बाट पक्राउ गरेको हो । उनी माथी अनुसन्धान भइरहेकाले अन्यत्र कतैपनि ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहरपुरमा जानकारी गराउन पनि प्रहरीले आग्रह गरेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *