0
0
Read Time:54 Second
सुर्खेत, १५ चैत । दैलेखमा एसईईका एकजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो ।
नारायण नगरपालिका–१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा एसईई परीक्षा दिइरहेको उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार न्यौपाने गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए ।।