पूर्व राज्यमन्त्री रायको हत्या

Views: 1000 50
0 0
Read Time:1 Minute, 6 Second

काठमाण्डौं, ७ श्रावन ।  पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा रहेको आफ्नै घरमा गएराति उहाँको हत्या भएको प्रहरीले जनाएको छ । नचिनेका मान्छेको समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । ८० वर्षीय राय ३० वर्षअघि राप्रपाबाट भूमिव्यवस्था राज्यमन्त्री हुनुभएको थियो । उहाँ परिवारसहित मलङ्गवा बस्ने गरे पनि बेलाबेला चन्द्रनगरमा रहेको पुरानो घरमा जाने गर्नुहुन्थ्यो । हिजो मात्रै पुरानो घर पुगेको बेला उहाँको हत्या भएको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *