0
0
Read Time:57 Second
दाङ, ७ श्रावण । दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका-१ नर्ति चोकस्थित सडकमा लु.९५ प ८९५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने चन्द्र प्रसाद चौधरीकी छोरी १० वर्षीया स्वस्तिका चौधरीको रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीको लमही अस्पतालमा उपचार सम्भब नभए पछि मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गढवा गाउँपालिका २ महादेवा निवासी २९ वर्षिय अपिल शर्माको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।